दफा १६
इजाजतपत्रको निलम्बन
(१) नियमनकारी निकायले देहायको अवस्थामा अवधि तोकेर इजाजतपत्र निलम्बन गर्न सक्नेछः-
(क) इजाजतपत्र प्राप्त गर्ने संस्थाले पूरा गर्नु पर्ने शर्त, पालना गर्नु पर्ने मापदण्ड तथा दायित्व पालना नगरेको वा दफा २२ को उपदफा (६) बमोजिम दिएको आदेश पालन नगरेमा, वा
(ख) इजाजतपत्र प्राप्त गर्ने संस्थाको क्रियाकलापबाट वातावरणमा प्रतिकूल प्रभाव परी सर्वसाधारणको जीउधनको सुरक्षा वा वातावरण संरक्षण सम्बन्धमा जोखिम उत्पन्न भएमा ।
(२) नियमनकारी निकायले तोकेको निलम्बन अवधिभित्र इजाजतपत्रवालाले उपदफा (१) को खण्ड (क) वा (ख) बमोजिमको अवस्था छैन भनी नियमनकारी निकायमा निलम्बन फुकुवाको लागि निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम इजाजतपत्रवालाको निवेदन पर्न आएमा नियमनकारी निकायले जाँचबुझ गर्दा उपदफा (१) को अवस्था नभएमा निलम्बन फुकुवा गर्न सक्नेछ।